गृह पृष्‍ठ Read More

केन्द्रीय कृषि प्रयोगशालाको परिचय

 पृष्ठभूमि

तत्कालीन अवस्थामा नेपाल सरकारको २०४९, २०५२ र २०६१ को संगठनात्मक सुधार संगै कृषि विभाग अन्तर्गत स्थापित माटो ब्यवस्थापन निर्देशनालय, बाली संरक्षण निर्देशनालय र विउ विजन गुणस्तर नियन्त्रण केन्द्र अन्तर्गत रहेको विउ विजन प्रयोगशाला गाभिएर नेपालको संविधान २०७२ ले निर्दिष्ट गरे अनुरुप राज्य पुनःसंरचना सँगै हालै वि.स. २०७५ सालमा यस केन्द्रीय कृषि प्रयोगशालाको स्थापना भएको हो । यस प्रयोगशालालाई राष्ट्रियस्तरमा प्रयोगशाला स्थापना एवं सञ्चालनको मापदण्ड तर्जुमा, नियमनकारी मान्यता प्रदायक निकाय तथा रेफ्रेन्स प्रयोगशालाका रुपमा विकास गर्ने उद्धेश्यका साथ ललितपुरको हरिहरभवनमा साविकको माटो ब्यवस्थापन निर्देशनालयमा केन्द्रीय कार्यालय र हरिहरभवन अवस्थित साविकका प्रयोगशालाहरु रहेका स्थानहरुबाटै प्रयोगशाला सञ्चालन हुनेगरी स्थापना भएको छ । हाल यस अन्तर्गत माटो तथा मल परीक्षण शाखा, बिउ विजन परीक्षण शाखा र बाली संरक्षण शाखा रहेका छन । यि ३ वटै प्रयोगशाला सेवाको साथमा रिफरेन्स प्रयोगशालाको रुपमा काम गर्ने कार्यविवरणका साथ केन्द्रीय कृषि  प्रयोगशाला स्थापना भएको छ।