रासायनिक मल परीक्षण तालिम

प्रादेशिक माटो तथा मल परीक्षण प्रयोगशालामा कार्यरत प्राविधिक कर्मंचारीहरुको लागि क्षमता अभिवृद्धि तथा परीक्षण विधिमा एकरुपता कायम गर्नका मिति २०८१ असार ३ देखि ७ गते सम्म केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवनद्वारा रासायनिक मल परीक्षण तालिम ११ जना प्राविधिकहरुको सहभागितामा सञ्चालन गरिएको थियो । उक्त तालिममा यूरिया, डि.ए.पी, पोटास तथा कृषि चुनको गुणस्तर परीक्षण सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिएको थियो ।