मिचाहा प्रजातीहरुको पहिचान, सम्भावित क्षति, रोकथामको तयारी र तिनको व्यवस्थापनका लागि प्रतिकार्य सम्बन्धी ज्ञान अभिवृद्धि गर्न केन्द्रीय कृषि प्रयोगशालाद्वारा चार दिने तालिम कार्यक्रम आयोजना गरिएको थियो। कृषि क्षेत्र वा अन्य स्थानहरुमा साइटहरूमा स्थापना हुनु अघि मिचाहा प्रजातीको निगरानी प्रविधि र व्यवस्थापनको क्षमता विकास गर्न विभिन्न तहका सरकारी पदाधिकारीहरूलाई मिचाहा प्रजातीको व्यवस्थापनमा सक्षम बनाउने उद्देश्य रहेको थियो।उक्तात लिम २२-२६ जुलाई, २०२४ (तदनुसार ०८-११ श्रावण, २०८१) मा प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रको एस पी एस हल हरिहरभवनमा सञ्चालन गरिएको थियो।    

तालिममा संघ र प्रदेश सरकारका कार्यालय र प्राज्ञिक निकायका १९ जना सहभागी थिए । प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र तथा अन्तरगतका क्वारेन्टाइन कार्यालयहरू, कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्र, राष्ट्रिय वाली विज्ञान अनुसन्धान केन्द्र, प्रादेशिक वाली संरक्षण प्रयोगशालाहरू र कृषि ज्ञान केन्द्रहरूबाट उक्त तालिममा सहभागिता रहेको थियो । तालिममा महिला सहभागिता उत्साहजनक (४२%) रहेको थियो । चार दिनमा विभिन्न क्षेत्रका विज्ञहरूले १८ वटा सत्रहरू सञ्चालन गरेका थिए।

A group of people in a room

AI-generated content may be incorrect.