रासायनिक विषादीको विकल्पमा जैविक विषादीको प्रयोग गर्नाले रासायनिक विषादीबाट हुने असरलाई न्यून गर्न सकिने कुरालाई मध्यनजर गर्दै जैविक विषादीको उत्पादन र प्रयोगलाई बढवा दिन केन्द्रीय कृषि  प्रयोगशालाको आयोजनामा राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, राष्ट्रिय वाली रोग विज्ञान अनुसन्धान केन्द्र तथा नेपाल प्लान्ट डिजीज एण्ड एग्रो एसोसिएट्स, वालाजु संगको सहकार्यमा २०८१ श्रावण २८ देखि ३२ गतेसम्म केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन; राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार तथा नेपाल प्लान्ट डिजीज एण्ड एग्रो एसोसिएट्स्, बालाजुमा जैविक विषादीको उत्पादन र कृषिमा प्रयोग सम्वन्धी तालिम सत्र्चालन गरिएको थियो । उक्त तालिममा प्रदेशस्तरिय प्रयोगशालाहरु (8), विश्वविद्यालय (2) सामुदायिक आइपीएमश्रोत केन्द्र (4), गाउँपालिका (1) र जैविक विषादी उत्पादन गर्ने निजी कम्पनी (1) समेतको सहभागिता भएको यस तालिममा १७ जना सहभागीहरुमध्ये २ जना महिलाको सहभागिता थियो । यस तालिमले सहभागिहरुको ज्ञानशीप र क्षमता अभिबृद्धी भएको महसुस गरिएको छ र सहभागिहरु आ-आफ्नो कार्यक्षेत्रमा गई यस्ता जैविक विषादीको उत्पादन र कृषिमा तिनको प्रयोगमा बृद्धी ल्याई उत्पादन बृद्धीजनस्वाथ्य र वातावरण सुधारमा मद्दत पुग्नेछ अपेक्षा गरिएको छ ।

A group of people in a room

AI-generated content may be incorrect.